चम्घाका घरघरमा खानेपानी धारा
barnanmedia.com · Wed Mar 26 21:46:34 GMT 2025

घरघरमा खानेपानीको धारा पुगेसँगै नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको बुलिङटार गाउँपालिका–३, चम्घाका स्थानीय खुसी भएका छन् । पहाडी क्षेत्र चम्घाका स्थानीयले लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका थिए । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँ, इकाइ कार्यालय नवलपुरमार्फत लिफ्टिङ गरेर खानेपानी घरघरमा पु¥याएपछि त्यो समस्या समाधान भएको छ ।
डोको र गाग्री बोकेर पानी लिन मुहानमा जानुपर्ने अवस्थाबाट घरमै खानेपानीको धारा आउँदा स्थानीय सत्रमाया कुमाल खुसी हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “डोकोमा बोकेर ल्याएको पानी खाइन्थ्यो, गाग्री बोकेर हैरान हुन्थ्यौँ । कपडा बोकेर धुन लैजानुपर्ने, पानीका लागि पालो कुर्नुपर्ने अवस्था थियो । पालो कुर्दा खेताला जान पनि अबेर हुन्थ्यो, धेरै दुःख खेप्यौँ”, उहाँले भन्नुभयो,“ अचेल त घरमै खानेपानीको धारा आएकाले, चाहिएको बेला थाप्यो, खायो, लुगा धोयो । त्यही भएर गाग्री पनि रित्तो छ, पानी भरेर राखिरहनुपर्ने झण्झट छैन ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)