मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दैलेखमा फेरि सामूहिक आत्महत्या प्रयास

imagekhabar.com · Sat Mar 27 00:55:15 GMT 2021

काठमाडौं । डुंगेश्वर गाउँपासलका ३ स्थित तेक्चाकी २८ वर्षीया हीरा थापामगरले बिहीबार बिहान छोराछोरीसहित सामूहिक आत्महत्या प्रयास गरेकी छन् । उनले सुरुमा ३ वर्षीया छोरा उमेशलाई झुन्ड्याएर मारिन् लगतै उनले छोरीसहित घरनजिकैको लेक्चा खोलामाथिको भिरबाट हाम फालेर आत्महत्या प्रयास गरिन् ।

तर कक्षा ४ मा पढ्ने ९ वर्षीया छोरी आमाको हातबाट फुत्किएर ज्यान बचाउन सफल भइन् । उनको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ। घटनाको अनुसन्धान भइरहेको, प्रारम्भिक अनुसन्धानबाट आमाले छोराछोरीसहित सामूहिक आत्महत्या गर्न खोजेको र छोरी आमाको हातबाट फुत्किएर बचेको दैलेखका प्रहरी प्रवक्ता इन्द्रजित सुनारले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (imagekhabar.com)