मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आजको मौसम : पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने

lokaantar.com · Sun Feb 19 01:09:12 GMT 2023

आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर पश्चिमी वायूको आंशिक प्रभाव कायम रहेकाले आज मुख्यगरी प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी भूभागको एक दुई स्थानमा हल्का हिमपात हुनेछ ।

आज राति पनि प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने छ । विभागका अनुसार भोलि फागुन ८ गते पनि देशको पहाडि भूभागमा आंशिक बदली कायमै रहने छ । प्रदेश १ र कर्णाली प्रदेशको उच्च पहाडी भूभागमा हल्का हिमपात हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)