बागलुङमा बढ्यो चुनावी सरगर्मी
ratopati.com
उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदानसँगै चुनावी माहोल थप गर्माएको छ । १३ दिनपछि मतदान छ । दलहरु प्रचारमा होमिएका छन् । उम्मेदवार मतदातासामु पुगिरहेका छन् । दुई दिन मौन अवधि रहने भएकाले चुनावी प्रचारका लागि दलहरुसँग अब ११ दिन मात्र बाँकी छन् । यो बीचमा प्रचारलाई अझ तीव्र पार्ने दलहरुले जनाएका छन् । सत्ता साझेदार दलको गठबन्धनले शनिबारदेखि जिल्लाभर चुनावी अभियान थालेको छ । मनोनयन फिर्ताको अवधिअघिसम्म अलमलमा देखिएको गठबन्धन एकढिक्का भएर प्रचारमा लागेको सम्बद्ध दलहरुले जनाएका छन् ।
वडा नं. १४ नारायणस्थानमा शनिबार संयुक्त भेला तथा अन्तरक्रियासँगै पाँच दलीय गठबन्धनले बागलुङ नगरपालिकाको प्रचार अभियान सुरु गरेको नेपाली काँग्रेसका नगर सभापति उमाकान्त शर्मा ‘बाबु’ले जानकारी दिए । नगरका १४ वटै वडामा गठबन्धनका उम्मेदवारसँगै दलहरुको संयुक्त प्रचार र घरदैलो अभियान सञ्चालन हुने उनको भनाइ छ । गठबन्धनको उम्मेदवार परिचयसहित साझा प्रतिबद्धता पत्र आज सार्वजनिक गरिने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)