श्रीलंका भ्रमणमा रहेको भारतले टि २० खेलमा ४३ रनको जित, सिरिजमा १-० काे अग्रता
barnanmedia.com · Sat Jul 27 21:44:21 UTC 2024
श्रीलंका भ्रमणमा रहेको भारतले पहिलो टि-ट्वान्टी खेलमा जित हात पारेको छ । जितसँगै भारतले तीन खेलको टि ट्वान्टी सिरिजमा १-० अग्रता लिएको छ ।
श्रीलंकाको पाल्लीखेलेमा शनिबार भएको खेलमा पाहुना टोलीले ४३ रनको जित निकाल्यो । भारतले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको श्रीलंका १९.२ ओभरमा अल आउट हुदै १ सय ७० रन मात्र बनायो ।श्रीलंकाका लागि ओपनर पथुम निशंकाले सर्वाधिक ७९ रन बनाए । उनले ४८ बलमा ७ चौका र ४ छक्का प्रहार गरे । अर्का ओपनर कुशल मेन्डिसले २७ बलमा ७ चौका र १ छक्काको सहयोगमा ४५ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)