मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

स्वास्थ्य सुरक्षामा सचेत बनौं

nagariknews.nagariknetwork.com · Thu May 28 00:26:27 GMT 2026

इबोला भाइरसको संक्रमणलाई लिएर विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य संकटकाल घोषणा गरेपछि विश्व समुदाय पुनः सतर्क बनेको छ। प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी इतुरी प्रान्तबाट सुरु भएको संक्रमण छिमेकी मुलुक युगान्डासम्म फैलिसकेको छ। संक्रमण, मृत्युदर र फैलावटको यथार्थ अवस्था अझै स्पष्ट नभएकाले यो विषयलाई सामान्य रूपमा लिन मिल्दैन। विश्वव्यापी महामारीको औपचारिक मापदण्ड पूरा नभए पनि यसको जोखिमलाई बेवास्ता गर्न सकिने अवस्था छैन। नेपालजस्तो सीमित स्वास्थ्य पूर्वाधार भएको मुलुकका लागि त यस्ता संक्रामक रोग अझ बढी चुनौतीपूर्ण हुन सक्छन्। त्यसैले अहिलेको आवश्यकता भनेको डर फैलाउने होइन, सचेतना बढाउने र समयमै तयारीलाई प्रभावकारी बनाउने हो।

इबोला संसारकै घातक भाइरसमध्ये एक मानिन्छ। यसले मानिसको शरीरभित्र रगत बग्ने, उच्च ज्वरो आउने, अंगहरूमा असर पर्ने र अन्ततः मृत्यु हुने अवस्था सिर्जना गर्न सक्छ। यसको संक्रमण दर र मृत्युदर दुवै उच्च हुने भएकाले प्रारम्भिक सतर्कता अत्यन्त महत्त्वपूर्ण हुन्छ। जंगली जनावरको मासु सेवनबाट सुरु भएको यो संक्रमण अहिले मानिसबाट मानिसमा फैलिरहेको छ। विशेष गरी संक्रमित व्यक्तिको रगत, पसिना, र्‍याल, दिसा, पिसाब, वीर्य तथा अन्य शारीरिक तरल पदार्थको सम्पर्कबाट रोग सर्ने भएकाले स्वास्थ्य सुरक्षाका आधारभूत उपाय अनिवार्य रूपमा अपनाउनुपर्छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)