लगातार चार दिन सार्वजनिक बिदा
annapurnapost.com · Thu May 28 00:36:42 GMT 2026

काठमाडौं : देशभरका इस्लाम धर्मावलम्बीले आज बकर इद ( इद–उल–अज्हा) मनाउँदैछन्। गृह मन्त्रालयले बकर इदको अवसरमा बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।
मुस्लिम आयोगका कावाअध्यक्ष महमदिन अलीका अनुसार बकर इद मुस्लिम समुदायको धार्मिक, सांस्कृतिक एवं त्याग र बलिदानको प्रतीक हो। उनले इदको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामनासमेत दिएका छन्। बिहीबारदेखि लगातार चार दिनसम्म बिदा परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)