चितवनमा गायिका मेनुका पौडेल सम्मानित
barnanmedia.com · Sat Jul 27 22:07:43 UTC 2024

चितवनमा गायिका मेनुका पौडेल सम्मानित भएकी छिन् ।
धर्मदर्शन फाउन्डेशनद्वारा सञ्चालित आश्रमले प्रथम वार्षिकोत्सवका अवसरमा उनलाई सम्मानित गरेको हो ।उनलाई देवघाटधाममा रहेको धर्मदर्शन आश्रमले नगद ५१ हजार १ रुपैयाँसहित धर्मदर्शन कला–संस्कृति–२०८१ सम्मान प्रदान गरेको जनाइएको छ । फाउण्डेशनका प्रमुख पंडित कुबेर सुवेदीले भजन र संगीतको माध्यमबाट समाज रुपान्तरणमा योगदान दिएकाले गायिका पौडेललाई सम्मान गरिएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)