विश्वकपमा नेदरल्यान्ड्सको सानदार जित
hamrokhelkud.com · Sat Jun 20 19:47:52 GMT 2026

विश्वकपमा नेदरल्यान्ड्सको सानदार जित
एजेन्सी – ब्रायन ब्रोबे र कोडी गाक्पोले समान २ गोल गरेपछि नेदरल्यान्ड्सले फिफा विश्वकप २०२६ को समूह ‘एफ’ अन्तर्गत स्विडेनलाई ५-१ ले पराजित गर्दै अन्तिम ३२ मा पुग्ने सम्भावना बलियो बनाएको छ।
ह्युस्टन स्टेडियममा शनिबार भएको खेलमा नेदरल्यान्ड्सले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गर्यो। प्रशिक्षक रोनाल्ड कोम्यान ले पहिलो खेलमा जापानसँग २-२ को बराबरी खेलेको टोलीमा केही परिवर्तन गरेका थिए र त्यसको सकारात्मक प्रभाव देखियो।
खेलको पाँचौं मिनेटमै नेदरल्यान्ड्सले अग्रता लियो। गोलरक्षक बार्ट भेरब्रुगेनको लामो पासलाई नियन्त्रणमा लिएका ब्रोबेले बल कोडी गाक्पोलाई दिए। गाक्पोको लो–क्रसमा ब्रोबेले सहज गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाए।
१७औं मिनेटमा ब्रोबेले व्यक्तिगत दोस्रो गोल गरे। डेन्जेल डम्फ्रिसको उत्कृष्ट क्रसलाई उनले गोलमा परिणत गर्दै नेदरल्यान्ड्सको अग्रता दोब्बर बनाए।
पहिलो हाफको इन्जुरी समयमा स्विडेनले गोल फर्काएको जस्तो देखिए पनि गुस्ताफ लागरबियाल्केको गोल अफसाइड ठहरियो र नेदरल्यान्ड्सको २-० अग्रतामा पहिलो हाफ भयो ।
दोस्रो हाफ सुरु भएको दुई मिनेट नबित्दै गाक्पोले गोल गर्दै स्कोर ३-० बनाए। ५४औं मिनेटमा क्राइसेन्सियो समरभिलको पासमा गाक्पोले अर्को गोल थपेपछि नेदरल्यान्ड्स ४-० ले अगाडि बढ्यो।
स्विडेनका लागि ५९औं मिनेटमा वैकल्पिक खेलाडी एन्थोनी एलाङ्गाले एक गोल फर्काए। तर त्यो गोलले खेलमा फर्कने सम्भावना बनाउनु अघि नै नेदरल्यान्ड्सले फेरि नियन्त्रण कायम गर्यो।
८९औं मिनेटमा समरभिलले सुन्दर गोल गर्दै नेदरल्यान्ड्सको ५-१ को सहज जित सुनिश्चित गरे।
यो खेलसँगै विश्वकपमा कुल गोल संख्या १०० पुगेको छ। ३३ खेलमै १०० गोल पुग्नु सन् १९५८ पछिको सबैभन्दा छिटो उपलब्धि हो।
कोम्यानको रणनीतिले दियो नतिजा
जापानसँगको बराबरीपछि नेदरल्यान्ड्सको खेल शैलीको आलोचना भएको थियो। विशेषगरी आक्रमणमा ढिलाइ र रक्षात्मक परिवर्तन प्रभावकारी नभएको भन्दै प्रशिक्षक कोम्यान आलोचनाको केन्द्रमा थिए।
तर स्विडेनविरुद्ध टोलीले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै आलोचकलाई जवाफ दियो। ब्रोबेले अग्रपंक्तिमा बल सम्हाल्दै टोलीलाई प्रत्यक्ष आक्रमण गर्न मद्दत गरे भने गाक्पो र डोनिएल मालेनले स्विडेनको रक्षापंक्तिलाई निरन्तर दबाबमा राखे।
दोस्रो हाफमा मैदान प्रवेश गरेका समरभिलले पनि उत्कृष्ट प्रदर्शन गर्दै एक गोल र एक असिस्ट गरे।
समूहको अवस्था
यो जितपछि नेदरल्यान्ड्स चार अंकसहित समूह ‘एफ’ को शीर्ष स्थानमा पुगेको छ। स्विडेन भने अन्तिम खेलमा जापानविरुद्ध सकारात्मक नतिजा निकाल्न दबाबमा परेको छ।
नेदरल्यान्ड्सले अब जुन २६ मा ट्युनिसियासँग खेल्नेछ भने स्विडेनले जापानसँग प्रतिस्पर्धा गर्नेछ।
Latest News
बंगलादेशसँगको हारसँगै पाकिस्तान विश्वकपबाट बाहिरियो
June 21, 2026
विश्वकपमा नेदरल्यान्ड्सको सानदार जित
June 21, 2026
भारतको क्लिनस्वीप, जैसवालको शतक र प्रसिद्धको ५ विकेट
June 20, 2026
All Latest News
Popular News
बंगलादेशसँगको हारसँगै पाकिस्तान विश्वकपबाट बाहिरियो
June 21, 2026
विश्वकपमा नेदरल्यान्ड्सको सानदार जित
June 21, 2026
भारतको क्लिनस्वीप, जैसवालको शतक र प्रसिद्धको ५ विकेट
June 20, 2026
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)