धनगढीका २१ वर्षीय बेपत्ता युवक भारतमा मृत फेला
barnanmedia.com · Fri Nov 08 22:31:47 UTC 2024

कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीस्थित रानी–जमरा–कुलरिया सिँचाई आयोजनाको नहरमा बेपत्ता धनगढी घर भएका एक युवक भारतमा मृत फेला परेका छन्।
धनगढी उपमहानगरपालिका–६ मट्यारी घर भएका २१ वर्षीय प्रदिप चन्द शनिवार बेपत्ता भएका थिए। बेपत्ता चन्द शुक्रबार भारतमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। शवलाई भारतबाट नेपाल ल्याउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)