मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

डब्ल्यूएचओद्वारा गाजामा पोलियो खोपको १० लाख भन्दा बढी डोज पठाउने घोषणा

barnanmedia.com · Sat Jul 27 22:19:13 UTC 2024

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आज गाजामा पोलियो खोपको १० लाखभन्दा बढी डोज पठाउने घोषणा गरेको छ । यस क्षेत्रको फोहोर पानीको नमूनामा पोलियो भाइरस पत्ता लागेपछि बच्चाहरूलाई भाइरस सर्नबाट जोगाउन आगामी हप्ताहरूमा खोप वितरण गरिनेछ ।

डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले नौ महिनादेखि जारी द्वन्द्वका कारण नियमित खोप अभियानमा अवरोध भएको र पाँच वर्षमुनि (विशेष गरी दुई वर्षमुनि) का बालबालिका जोखिममा रहेको उहाँले बताउनुभयो । हालसम्म कुनै व्यक्तिमा पोलियो सङ्क्रमण देखिएको भने छैन, यद्यपि हजारौं असुरक्षित बालबालिकाहरूलाई अन्ततः भाइरस सङ्क्रमण हुनबाट रोक्नको लागि तत्काल कदम चाल्नु महत्त्वपूर्ण रहेको गेब्रेयससले जोड दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)