पुटिनले सार्वजनिक रूपमै मन्त्रीलाई हकारे
baahrakhari.com · Thu Jan 12 17:36:00 GMT 2023
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२३ सुरु भएयताको सरकारको पहिलो औपचारिक बैठकमा सार्वजनिक रूपमा व्यापार तथा उद्योगमन्त्रीलाई बोलाएर आफ्नो रिस पोखेका छन् । उनले मन्त्री डेनिस मान्तुरोभलाई धेरैबेरसम्म गाली गर्ने क्रममा नागरिक र सैन्य विमानहरू अर्डर गर्ने काममा व्यवावहारिक रूपमै ढिलाइ गरेको आरोप लगाएका छन् ।
पुटिनले 'धेरै ढिलो, धेरै ढिलो भइरहेको छ ! तपाईंले के ख्याल ठट्टा गरिराख्नु भएको ? सम्झौतापत्रहरूमा कहिले हस्ताक्षर हुन्छ ?' आक्रोश पोखेका थिए । यसअघि उनले कुनै पनि उच्च पदस्थ अधिकारीलाई सार्वजनिकस्थलमा आलोचना गर्ने गरेका थिएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)