मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुई मोटरसाइकल एकापसमा ठोक्किँदा सिपाहीको निधन

himalpress.com · Thu May 28 01:17:35 GMT 2026

काठमाडौँ- नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका १७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा बुधबार दुई मोटरसाइकल एकापसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन्।

दुर्घटनामा परी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ९ घर भई हाल नेपाली सेनाको श्री नयाँ गोरख गण राष्ट्रिय निकुञ्ज कसरा चितवनमा कार्यरत सिपाही २६ वर्षीय दिनेश गिरीको मृत्यु भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)