जर्मनी विरुद्ध आइभरी कोस्टलाई अग्रता
onlinekhabar.com · Sat Jun 20 20:43:14 GMT 2026

७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अहिले भइरहेको समूह इ को खेलमा आइभरी कोस्टले जर्मनी विरुद्ध अग्रता लिएको छ ।
क्यानडाको टोरन्टो स्टेडियमा भइरहेको खेलमा आइभरी कोस्टका लागि कप्तान फ्रांक केसीले ३०औं मिनेटमा गोल गरे ।
जर्मनीले पहिलो हाफमा दुई गोल गरेपनि मान्यता पाएन ।
जर्मनी र आइभरी कवस्ट लगातार दोस्रो खेल जित्दै नकआउट चरणमा पुग्ने लक्ष्यमा छन् ।
यसअघि जर्मनीले पहिलो खेलमा कुरासाओलाई ७-१ ले पराजित गरेको थियो भने आइभरी कोस्टले इक्वेडरलाई १-० ले हराएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ
फिफा