‘काजी’ : प्रेम, त्याग, र विश्वासको एक गहिरो कथा
gorkhapatraonline.com · Thu May 28 01:30:07 GMT 2026

समय परिवर्तित छ । यद्यपी सामाजिक विश्वासहरू हाम्रो समाजमा अझै पनि यथावत छन्, जहाँ पुरुषको मूल्य उसको हैसियतले र महिलाको अस्तित्व उसको मातृत्वले हर्ने चलन छ । काजीसाब (विपीन कार्की) अभिनित चलचित्र ‘काजी’ पनि सामाजिक संरचना भित्र प्रेम, त्याग र सम्बन्धको कथा भित्र अल्झिएको छ । चलचित्रको कथा केवल प्रेमको गहिराइको बारेमा मात्र होइन त्यस भित्रकोे विचारधाराको बारेमा पनि चित्रण गरेको छ । के निस्वार्थ साँच्चै प्रेमको असली रूप हो वा समाजले नै सिर्जना गरेका कुराहरु हुन । निर्देशक लक्ष्मण रिजालले एक साधारण र निस्वार्थ प्रेमीको कथा देखाउन खोजेका छन् जसमा कतिपय ठाउँमा उनी सफल पनि भएका छन् भने कतिपय ठाउँमा उनले देखाउन खोजेको कथा बेतुक हो की भन्ने महशुस गराउँछ ।
कजिनी (केकी अधिकारी) को बढ्दो शंकाले चलचित्र भित्र अनेकन मोडहरु आउँछन् । उनको श्रीमान र कान्छी बहिनी (गरिमा पन्त) दुवैप्रतिको अनावश्यक शंकाले उनलाई गर्भावस्था भएको नक्कल गर्न वाध्य बनाउँछ । सानो शंकाले श्रीमान श्रीमती भित्र झूटको पहाड कसरी उत्पन्न हुन्छ भन्ने कुरा चलचित्रमा चित्रण गर्न खोजिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)