मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जर्मनीको दुई गोल रद्द, पहिलो हाफमा आइभरी कोस्टको १–० को अग्रता

ratopati.com · Sat Jun 20 21:01:36 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘इ’ को रोमाञ्चक खेलमा चार पटकको विश्व विजेता जर्मनी पहिलो हाफमा आइभरी कोस्टसँग १–० ले पछाडि परेको छ । क्यानडाको टोरन्टो स्टेडियममा जारी खेलमा जर्मनीले दुई पटक गोल गरे पनि रेफ्रीले ती दुवै गोललाई मान्यता नदिएपछि पहिलो हाफमा अफ्रिकी टोलीले आफ्नो अग्रता जोगाउन सफल भएको हो ।

खेलको सुरुदेखि नै दबाब बनाएको जर्मनीले २१ औँ मिनेटमा गोल गर्ने सुवर्ण मौका पाएको थियो । कर्नरबाट आएको बललाई जर्मनीका मिडफिल्डर अलेक्जेन्डर पाभ्लोभिचले उत्कृष्ट जम्प गर्दै जाली चुमाएका थिए । तर, गोल गर्ने क्रममा उनले आइभरी कोस्टका गोलरक्षक याहिया फोफानासँग ठक्कर खाएपछि (फउल) रेफ्रीले उक्त गोललाई मान्यता दिएनन् ।

जर्मनीविरुद्ध आइभरी कोस्टलाई १–० को सुरुवाती अग्रता

त्यस्तै, खेलको ३० औँ मिनेटमा फ्रान्क केसीको गोलबाट अग्रता लिएको आइभरी कोस्टविरुद्ध जर्मनीले ४० औँ मिनेटमा पुनः जाली चुमाएको थियो । काइ हाभर्ट्जले बराबरी गोल गरेको ठाने पनि सोभन्दा केही सेकेन्डअघि इमानुएल एग्बाडोमाथि फाउल भएको भन्दै रेफ्रीले उक्त गोललाई पनि रद्द गरिदिए । जर्मनीले निकै प्रयास गरे पनि भाग्यले साथ नदिँदा र रेफ्रीको निर्णय विरुद्धमा जाँदा पहिलो ४५ मिनेटमा गोलविहीन रहनुपर्‍यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय