मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेशका मुख्यमन्त्रीको भविष्य सर्वाेच्चको हातमा, लाग्यो पहिलो गासमै ढुंगा

barnanmedia.com · Tue Nov 11 21:33:38 GMT 2025

मधेश प्रदेशको मुख्यमन्त्री बनेका एमाले नेता सरोजकुमार यादवलाई पहिलो गासमै ढुंगा लागेको छ । उनको भविष्य सर्वाेच्च अदालतको हातमा छ।

नियुक्ति असंवैधानिक भएको भन्दै दायर रिटमा सर्वाेच्च अदालतले यादव सरकारलाई एक दिनमै कामलाउ बनाइदिएको हो। रकीप्रसाद साहसमेतले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले दीर्घकालीन प्रभाव पार्ने कुनै काम नगर्न मुख्यमन्त्री यादवका नाममा अन्तरिम आदेश दिएको हो। साथै पेशी स्थगित गर्न नपाउने गरी अग्राधिकार दिइएको छ। ‘...सुविधा सन्तुलनको दृष्टिबाट यो रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म २०८२–७–२३ मा मुख्यमन्त्री नियुक्त मा. सरोजकुमार यादव र निजको सिफारिसमा सोही मितिमा गठन भएको मन्त्रिपरिषदबाट मधेश प्रदेशलाई दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीतिगत निर्णय नगर्नू, नगराउनू,’ सर्वाेच्चले भनेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)