मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा उपसभापतिमा ‘हेभिवेट’ महिला नेतृहरूको रोचक भिडन्त

ratopati.com · Thu Jun 25 19:51:54 GMT 2026

चितवन । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक महाधिवेशनमा उपसभापति पदका लागि महिला नेतृहरूबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचन कार्य तालिका सार्वजनिक गरेसँगै महिला उपसभापति पदका लागि पार्टीका प्रभावशाली अनुहारहरूले उम्मेदवारी दिएका छन् ।

पार्टीको विधान अनुसार तीन जना उपसभापति रहने व्यवस्था छ, जसमा एक जना महिला अनिवार्य हुनुपर्छ । सोही एक सिटका लागि पूर्व उपसभामुख इन्दिरा राना, नेतृ सोबिता गौतम र डा. तोसिमा कार्कीले उम्मेदवारी दिएका छन् । यस्तै, समीक्षा बास्कोटाले पनि उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)