काभा महिला भलिबलको सेमिफाइनल आज, नेपाल इरानसँग भिड्दै
nepalviews.com · Thu May 28 01:49:30 GMT 2026

काठमाडौं । काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिपमा आज दुवै सेमिफाइनल खेलहरू हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला कभर्डहलमा हुने सेमिफाइनल खेलमा घरेलु टोली नेपालले इरानको सामना गर्नेछ ।
८ टोली सहभागी यस च्याम्पियनसिपको सेमिफाइनल जित्ने दुई टोलीहरू शुक्रबार हुने फाइनलमा पुग्नेछन् । नेपाल भलिबल सङ्घका अनुसार यस च्याम्पियनसिपको विजेता टोली आगामी एसियन कपका लागि छनोट हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ