भारतमाथी इङ्ल्यान्डको शानदार जित : बेयर्स्टको सतक, १० छक्का प्रहार गरेका स्टोक्स एक रनले चुके
deshsanchar.com · Fri Mar 26 16:13:55 GMT 2021
भारतविरुद्धको एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत दोस्रो खेलमा इङ्ल्यान्ड ६ विकेटले विजयी भएको छ। शुक्रबार भएको खेलमा इङ्ल्यान्डले ३ सय ३७ रनको लक्ष्य ४३.३ ओभरमा चार विकेट गुमाएर पुरा गर्यो।
इङ्ल्यान्डका जोनी बेयर्स्टले एक सय २४ रन बनाए। बेन स्टोक्सले ९९ रन जोडे। यी दुई ब्याट्सम्यानले दोस्रो विकेटका लागि एक सय ७५ रनको साझेदारी गरेका थिए। बेयर्स्ट र जेसन रोयबीच पहिलो विकेटका लागि एक सय १० रनको साझेदारी भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)