बकर इदले सांस्कृतिक सद्भावलाई सुदृढ बनाउँछः अध्यक्ष दाहाल
nepalnews.com · Thu May 28 02:01:04 GMT 2026

काठमाडौँ। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले समर्पण, मानवता, सहिष्णुता र परोपकारको सन्देश बोकेको बकर इद (इद–उल–अजहा)ले धार्मिक तथा सांस्कृतिक सद्भावलाई अझ सुदृढ बनाउँदै लैजाने विश्वास व्यक्त गरेका छन्।
इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व बकर इद (इद–उल–अजहा)का अवसरमा शुभकामना व्यक्त गर्र्दै उनले यस पर्वले आपसी एकता, भ्रातृत्व र सामाजिक सहकार्यको भावना अभिवृद्धि गर्न प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)