‘गुरुदेवबिना शास्त्रीय सङ्गीतको चर्चा अपुरो हुन्छ’
barnanmedia.com · Sat Jul 27 23:13:18 UTC 2024

काठमाडौँ, १३ साउनः गुरुदेव कामत नेपाली सङ्गीत क्षेत्रमा एउटा सम्मानित नाम हो । उहाँ नेपाली सङ्गीतको क्षेत्रमा गायक, सङ्गीतकार एवं सङ्गीत गुरुका रूपमा परिचित हुनुहुन्छ । शास्त्रीय सङ्गीत साधकका रूपमा लामो समय साधना गर्नुभएका गायक कामत केही समययता अस्वस्थ्य हुनुहुन्छ ।
शास्त्रीय सङ्गीतमा निकै श्रद्धाका साथ लिइने नाम गुरुदेव कामतको दुवै मिर्गाैलामा समस्या देखिएको गत वर्ष विसं २०८० को चैतमा पत्ता लागेको थियो । उपचारका लागि आर्थिक सङ्कटको सामना गर्नुपरेपछि उहाँ सपरिवार आफ्नो जन्मथलो सिरहाको पोखरभिन्डा फर्किनुभएको कवि एवं मुक्तककार मुकुन्द पौडेलले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)