कमलाका पक्षमा डेमोक्य्राटको माहोल
ekantipur.com · Sat Jul 27 23:23:31 UTC 2024

काठमाडौँ — अमेरिकी राष्ट्रपति जो बाइडेनको शारीरिक र मानसिक स्वास्थ्यसँगै पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको गोली प्रहारको वरिपरि घुमेको अमेरिकी राष्ट्रपतीय निर्वाचनको माहोल गत आइतबारदेखि एकाएक फेरिएको छ । बाइडेनले गत आइतबार राष्ट्रपति निर्वाचनको दौडबाट आफू पछि हटेको घोषणा गर्दै ४ वर्षयता आफ्नो उपराष्ट्रपति रहेकी कमला ह्यारिसलाई समर्थन गर्ने बताएपछि माहोल तातिएको हो ।
अघिल्लो सातासम्म चर्चाको केन्द्रमा नरहेकी कमलाले यो एक सातामा निर्वाचन अभियान घोषणा गर्नेदेखि अलग–अलग स्थानमा भाषण दिने, परम्परागत डेमोक्य्राट र सेलेब्रिटीबाट समर्थन जुटाउनेसम्ममा सक्रियता बढाएकी छन् । उनले ट्रम्पलाई चुनावी बहसका लागि चुनौती दिन पनि सुरु गरेकी छन् । ट्रम्पमाथिको आक्रमणले रिपब्लिकन उम्मेदवारका पक्षमा जालाजस्तो देखिएको राजनीतिक खेल अहिले कमला र उनका गतिविधि वरिपरि केन्द्रित भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)