‘सडकबाट शिक्षकका समस्या समाधान हुन्न’
gorkhapatraonline.com · Wed Sep 20 06:07:28 GMT 2023
काठमाडौँ, असोज ३ गते । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सार्वजनिक विद्यालयका शिक्षकहरू आफ्ना मागबारे सरकारलाई जानकारी नै नगराई आन्दोलनमा उत्रिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय शिक्षा दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मङ्गलबार आयोजना गरेको कार्यक्रममा उहाँले सडक आन्दोलन गरेर मात्रै माग पूरा नहुने भएकाले वार्ता र छलफलमा आउन शिक्षकलाई अनुरोध गर्नुभयो । शिक्षकका माग सम्बोधन गर्नकै लागि विगतमा मन्त्रीपरिषद्ले पारित गरिसकेको विधेयकमाथि थप एक महिना छलफल गरेर सरोकारवालाको सहमतिमा टु्ङ्ग्याएको बताउँदै उहाँले भन्नुभयो, “तर, विधेयक संसद्मा दर्ता भएपछि शिक्षक महासङ्घद्वारा आफ्नो असन्तुष्टि सरकारलाई भनिएन । हामीसँग कुरा नै नगरी अकस्मात् उहाँहरू आन्दोलनमा जाने निर्णय गर्नुभयो ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)