पर्यटन पहुँच विस्तारसँगै ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
tourismface.com · Thu May 28 02:07:25 GMT 2026

बागलुङ । नेपालको चर्चित पर्यटकीय क्षेत्र ढोरपाटन सिकार आरक्ष नजिकै पर्ने निसेलढोर क्षेत्र अब सहज सडक पहुँचसँग जोडिने भएको छ । बागलुङको निसीखोला गाउँपालिका–५ स्थित निसेलढोर जोड्ने सडक स्तरोन्नति भएपछि पर्यटन, कृषि र स्थानीय जनजीवनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
गण्डकी प्रदेश सरकार र निसीखोला गाउँपालिका को संयुक्त लगानीमा चालु आर्थिक वर्षभित्र ६ किलोमिटर सडक स्तरोन्नति गरिएको हो । कुल ७२ लाख रुपैयाँ लागतमा सडक फराकिलो बनाउने, नाली निर्माण गर्ने तथा केही भागमा ग्राभेलिङ गर्ने काम सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)