जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ
lokaantar.com · Fri Jan 13 00:48:19 GMT 2023
६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धरान उपमहानगरपालिका ८ बस्ने १९ वर्षीय दिवश धौलाकोटी पक्राउ परेका छन् । उनलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको थियो ।
धौलाकोटीले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित लांघाली सामुदायिक जंगलभित्र लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)