वैभवको आक्रामक ब्याटिङले राजस्थान क्वालिफायर टू मा, हैदराबाद बाहिरियो
himalpress.com · Thu May 28 02:09:47 GMT 2026

काठमाडौँ- सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल)को अन्तिम चारबाटै बाहिरिएको छ। राजस्थान रोयल्सले हैदरावादलाई ४७ रनले हराएर क्वालिफायर टु मा स्थान बनाएको छ। न्यू चण्डीगढमा बुधबार राति भएको एलिमिनेटर खेलमा राजस्थानले दिएको २ सय ४४ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १९ दशलवल २ ओभरमा १सय ९६ रनमै अलआउट भयो।
अब राजस्थानले फाइनल प्रवेशका लागि क्वालिफायर टु मा गुजरात टाइटन्ससँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ। राजस्थानको जितमा १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीले २९ बलमा ९७ रनको विस्फोटक इनिङ्स खेले पछि विशाल स्कोर बनेको थियो। उनले १२ छक्का र ५ चौका प्रहार गर्दै हैदराबादका बलरमाथि दबाब बनाए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)