आखिर कहाँ जान्छ रासायनिक मल ?
ekantipur.com · Sat Jul 27 23:31:43 UTC 2024

काठमाडौँ — हरेक वर्ष रोपाइँको सिजन सुरु भएसँगै किसान रासायनिक मलको अभाव झेल्नुपरिरहेको छ । सरकारले भने पर्याप्त मल वितरण गरेको दाबी गर्दै आएको छ । आखिर कहाँ जान्छ त मल ? जानकारका अनुसार वितरण प्रणाली नमिल्दा मल अभावको समस्या हुने गरेको छ । समस्या समाधान गर्न मल वितरणसम्बन्धी निर्देशिका संशोधनको अन्तिम तयारीमा रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालय जनाएको छ ।
कृषि मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ सम्म ४ लाख ६३ हजार टन मल आयात भएको छ । यसमध्ये ४ लाख ५४ हजार टन किसानलाई वितरण भइसकेको छ । बाँकी ७८ हजार ४ सय २९ टन छ । ‘सरकारी तथ्यांकमा पर्याप्त मल वितरण भएको देखिन्छ, तर सबै किसानले पाएनन्,’ नेपाल किसान महासंघका अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)