पूर्वसचिव मैनालीको ‘विशृङ्खलित सपना’ कथासङ्ग्रह सार्वजनिक
barnanmedia.com · Sat Jul 27 23:35:59 UTC 2024

काठमाडौँ, १३ साउन : पूर्वसचिव गोपी मैनालीको ‘विशृङ्खलित सपना’ कथासङ्ग्रह सार्वजनिक भएको छ । यो उहाँको पहिलो कथासङ्ग्रह र समग्रमा आठौँ कृति हो ।
आज यहाँ आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले कथासङ्ग्रहको लोकार्पण गर्नुभयो । त्यस अवसरमा उहाँले कथासङ्ग्रह समाजको यथार्थ अवस्था चित्रण गर्ने उच्चकोटीको कृति रहेको बताउनुभयो । सेवा निवृत्त हुनुभएका पूर्वप्रशासकले लेखेका कृतिले समाज र राष्ट्रलाई फाइदा पुग्ने साहित्यकार काइँलाको भनाइ थियो । पछिल्लो समयमा साहित्यकार र लेखकले कसरी किताब बिक्छ भन्नेमा मात्र ध्यान दिई पाठकलाई के बोध होला भन्ने नै सोच्न छोडेकामा उहाँको आपत्ति छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)