सांसद शेर्पाद्वारा संघीय संसद्को ‘लोगो’ सहित सगरमाथा आरोहण
nepalnews.com · Thu May 28 02:36:15 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य मिङमा डेभिड शेर्पाले सङ्घीय संसद्को ‘लोगो’ सहित सगरमाथा आरोहरण गरेका छन्। उनले बुधबार बिहान ५ः४० मा सगरमाथाको आरोहरण गरेकाे जनाइएको छ।
सांसद शेर्पाले ‘बेसक्याप’ फर्किएपछि बुधबार साँझ आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत नवौँ दिनमा सगरमाथाको सफल आरोहण गरेको पोष्ट गरेका थिए। ‘सदनदेखि शिखरसम्म’ भन्ने नाराका साथ सांसद शेर्पा सगरमाथा आरोहण गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)