मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आइभरीकोस्टलाई पराजित गर्दै जर्मनी तालिकाको शीर्षस्थानमा

baahrakhari.com · Sat Jun 20 22:07:04 GMT 2026

काठमाडौं । विश्वकपमा समूह चरणको दोस्रो खेलमा आइभरीकोस्टलाई पराजित गर्दै जर्मनी विजयी भएको छ ।

क्यानडामा भएको खेलमा आइभरीकोस्टलाई जर्मनीले २-१ ले पराजित गरेको हो ।पहिलो हाफमा जर्मनीविरुद्ध आइभरीकोस्टले अग्रता लिएको थियो ।

फ्र्यांक केइसीको २९ औँ मिनेटको गोलपछि आइभरीकोस्टले अग्रता लिएको हो । दोस्रो हाफमा डेनिज उन्दाभले दुई गोल गरे । उनले ६७ औँ र खेलको इन्जुरी टाइममा गोल गरेका थिए ।

जर्मनीले यसअघि समूह चरणको पहिलो खेलमा क्युरासाओलाई ७-१ ले पराजित गरेको थियो । जितसँगै ६ अंक जोड्दै जर्मनी तालिकाको शीर्षस्थानमा पुगेको हो । यसअघिको खेलमा आइभरीकोस्टले इक्वेडरलाई १-० ले पराजित गरेको थियो ।

#फुटबल

#जर्मनी

#विश्वकप

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय