मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोमाञ्चक खेलको नतिजा जर्मनीको पक्षमा, आइभरी कोस्ट २-१ गोलले पराजित

shilapatra.com · Sat Jun 20 22:11:00 GMT 2026

फिफा विश्वकपमा जर्मनीले लगातार दोस्रो जित दर्ता गरेको छ । शनिबार क्यानडामा भएको खेलमा आइभरी कोस्टलाई २-१ गोलले हराउँदै जर्मनी विजयी भएको हो ।

आइभरी कोस्टले ३०औँ मिनेटमा गोल गर्दै खेल आफ्नो नियन्त्रणमा राखेको थियो । तर, ६८औँ मिनेटमा जर्मनी गोल फर्काउन सफल भयो । त्यसपछि रोमाञ्चक बनेको खेलमा इन्जुरी समयमा सानदार गोल गर्दै जर्मनी विजयी भयो ।

३०औँ मिनेटमा आइभरी कोस्टका फ्रान्क केसिईले गोल गरेका थिए । भने, जर्मनीका लागि दुवै गोल डेनिज उन्डाभले गरेका हुन् ।

जितपछि जर्मनी समूह 'ई'को शीर्षस्थानमा उक्लिएको छ ।

प्रकाशित मिति: आइतबार, असार ७, २०८३

०३:५६

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)

सम्बन्धित विषय