नेपाली सेनाद्वारा विद्यालय भवन निर्माण
makalukhabar.com · Thu May 28 02:54:36 GMT 2026

सिद्धार्थनगर । रुपन्देहीको रोहिणी गाउँपालिका–२ मैनिहवास्थित राम आधारभूत विद्यालयमा नेपाली सेनाले दुई कक्षाकोठासहितको नयाँ भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ । विद्यालयका कक्षाकोठा जीर्ण बन्दै गएपछि पठनपाठन प्रभावित हुन थालेको हो ।
यस्तो अवस्थामा नेपाली सेनाले ‘शीघ्र प्रभावी योजना’ अन्तर्गत नयाँ भवन निर्माण गरेको हो । निर्माण सम्पन्न भवनको बुधबार मध्यपश्चिम पृतना हेडक्वाटरका पृतनापति हिम्मतबहादुर विष्टले उद्घाटन गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)