उन्डाभको दुई गोलमा पुनरागमन जित सहित जर्मनी नकआउट चरणमा
onlinekhabar.com · Sat Jun 20 22:30:10 GMT 2026

७ असार, काठमाडौं । डेनिस उन्डाभले दोस्रो हाफमा मैदान प्रवेश गर्दे दुई गोल गरेपछि जर्मनीले फिफा विश्वकप २०२६ मा आइभरी कोस्ट विरुद्ध २-१ को पुनरागमन जित हात पारेको छ ।
समूह इ अन्तर्गत आइतबार बिहान क्यानडाको टोरन्टोको भएको खेलमा उन्डाभले इन्जुरी टाइममा विजयी गोल गरेका थिए ।
लगातार दोस्रो जितपछि जर्मनी एक खेल अगावै नकआउट चरणमा पनि प्रवेश गरेको छ । जर्मनीले दुई खेलबाट ६ अंक जोडेर समहु इ को शीर्ष स्थानमा छ । जर्मनीले अब इक्वेडरसँग अन्तिम खेल खेल्ने बाँकी छ ।
पहिलो हार बेहोरेको आइभरी कोस्ट ३ अंकसहित दोस्रो स्थानमा छ । आइभरी कोस्टले अब समुहकोअन्तिम खेलमा कुरासाओ विरुद्ध खेल्नेछ ।
६०औं मिनेटमा जमाल मुसिएलाको स्थानमा मैदान प्रवेश गरेका उन्डाभले ६८औं मिनेटमा पहिलो गोल गर्दै खेल बराबरी गरेका थिए ।
बराबरीतर्फ अघि बढिरहेको खेलको इन्जुरी टाइमको चौथो मिनेटमा फेलिक्स एनमेचाको पासमा उन्डाभले गोल गर्दै जर्मद्दीलाई लगातार दोस्रो जित दिलाएका हुन् । जारी विश्वकपमा सुबर सबको भुमिकामा देखिएका उन्डाभको यो तेस्रो हो । पहिलो खेलमा कुरासाओलाई ७-१ ले पराजित गर्दा उनले एक गोल गरेका थिए ।
त्यसअघि कप्तान फ्रान्क कसीले ३०औं मिनेटमा गोल गर्दे आइभरी कोस्टलाई पहिलो हाफमा अग्रता दिलाएका थिए । तर आइभरी कोस्टले उक्त अग्रता कायम राख्न सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ
फिफा