अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
barnanmedia.com · Sat Jun 20 22:23:08 GMT 2026

अमेरिका र इरानबिच जारी तनाव कम गर्न र वार्तामा मध्यस्थता गर्न पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र सेना प्रमुख असिम मुनिर आइतबार स्वीजरल्याण्ड जाने भएका छन् । अल जजीरा अरबीका अनुसार एक पाकिस्तानी सरकारी अधिकारीले यस भ्रमणबारे जानकारी दिएका हुन् ।
पाकिस्तानले आफूलाई अमेरिका–इरान द्वन्द्वमा एक प्रमुख मध्यस्थकर्ताको रूपमा स्थापित गर्दै आएको छ। यस प्रक्रियामा पाकिस्तानले दुवै पक्षलाई युद्धविरामको पालना गर्न आग्रह गर्नुका साथै समस्या समाधानका लागि तेहरानसँग उच्चस्तरीय कूटनीतिक संवादहरू समेत गर्दै आएको छ ।
यसैबिच, प्रस्तावित वार्ताका लागि इरानका शीर्ष अधिकारीहरू यसअघि नै स्वीजरल्याण्ड प्रस्थान गरिसकेका छन् । पाकिस्तानको यो उच्चस्तरीय भ्रमणले दुई देशबिचको कूटनीतिक संवादलाई तार्किक निष्कर्षमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
शहबाज शरिफ