जलजलामा ‘गोठस्टे’ सञ्चालन
nagariknews.nagariknetwork.com · Thu May 28 02:13:28 GMT 2026

म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ।
समुद्री सतहदेखि तीन हजार ४१४ मिटर उचाइमा बस्तीदेखि टाढा रहेको जलजला घुम्न आउने पर्यटकलाई खाने बस्ने सुविधाका लागि स्थानीय पशुपालक किसानहरुले गोठबास सञ्चालन गरेका हुन्। गुरिल्ला र म्याग्दी हुँदै डोल्पा जाने पदमार्गमा पर्ने ढोरपाटन शिकार आरक्षमा समेटिएको जलजलामा बस्ती, होटल र रेष्टुराँ छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)