मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बकर इदले सामाजिक एकता कायम गर्छः प्रमुख देवकोटा

gorkhapatraonline.com · Thu May 28 03:13:42 GMT 2026

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बकर इद (इद–उल–अज्हा) पर्वले नेपाली समाजमा सामाजिक एकता र सद्भाव अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इद (इद–उल–अज्हा) का अवसरमा बिहीबार शुभकामना दिँदै उहाँले हरेक चाडपर्वको आफ्नै ऐतिहासिक तथा विशिष्ट महत्व हुने बताउनुभयो । आपसी सद्भावको प्रतीकका रूपमा मनाइने बकर इदले नेपालीबिच सामाजिक एकता कायम राख्दै राष्ट्रिय एकता तथा समुन्नत र समृद्ध नेपाल निर्माण गर्ने अभियानमा प्रेरणा मिल्ने उहाँको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)