दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान
ratopati.com · Sat Jun 20 22:43:34 GMT 2026

बागलुङ । वर्षौँदेखि खानेपानीको समस्या झेलिरहेका ढोरपाटनका तीन गाउँका ३६१ घरमा खानेपानी पुर्याइएको छ । बागलुङको ढोरपाटन नगरपालिका–४ खुङ्गा, सेराबाङ र किरी बस्तीमा कादुरीको सहयोगमा ३६१ घरमा ‘एक घर, एक धारा’ निर्माण गरेर शुद्ध खानेपानीको पहुँच पुर्याइएको हो ।
खानेपानी आयोजनामा कादुरीबाट रु तीन करोड ३३ लाख ९४ हजार २५३ सहित ११ प्रतिशत जनश्रमदानबाट ४२ लाख बराबरको योगदान जुटाइएको छ । रु तीन करोड ७५ लाख ९४ हजारको लागतमा करिब छ महिनामा आयोजना सम्पन्न भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)