महिला फुटबलरलाई एन्फा सदस्य रुपेशको सहयोग
thahakhabar.com
इलाम : अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय सदस्य रुपेश अधिकारीले फ्रेन्चाइज फुटबल क्लब चितवन एफसीबाट प्राप्त पारिश्रमिक खेलाडीलाई हस्तान्तरण गरेका छन्।
चितवन एफसीको म्यानेजर बनेका अधिकारीले क्लबबाट प्राप्त सम्पूर्ण पारिश्रमिक महिला लिगको दौरान घाइते भएपछि मैदानबाहिर रहेका तीन महिला फुटबलरलाई हस्तान्तरण गरेका हुन्। उनले राष्ट्रिय महिला टिमकी फरवार्ड सावित्रा भण्डारी, हिरा भुजेल र समिक्षा घिमिरेलाई रकम दिने घोषणा गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)