सर्पदंशका घटना बढ्दो, अस्पताल पुग्ने बिरामीको संख्या उकालो
barnanmedia.com · Sat Jun 20 22:54:38 GMT 2026

गर्मीयामसँगै सर्पदंशका बिरामीको संख्या बढ्न थालेको छ। सर्पहरू दुलोबाट बाहिर निस्कने मौसम सुरु भएसँगै सर्पले टोकेर उपचारका लागि अस्पताल पुग्ने बिरामीको संख्या वृद्धि भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ।
अस्पतालका सूचना अधिकारी समीरकुमार अधिकारीका अनुसार चालु वर्षको साउनयता हालसम्म २७९ जना सर्पदंशका बिरामी अस्पतालमा पुगेका छन्। तीमध्ये साउन महिनामा सबैभन्दा बढी ६६ जना, भदौमा ७५ जना र असोजमा ७० जना बिरामी उपचारका लागि आएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)