सर्प दंशबाट तीन बर्षे बालकको मृत्यु, चिकित्सकमाथि लापर्बाहीको आरोप
hamrakura.com · Thu May 28 00:00:00 GMT 2026
सर्लाही । सर्लाहीको कौडेना गाउँपालिका-१ लक्ष्मीपुरमा सर्प दंशबाट एक बालकको मृत्यु भएको छ । बालकको मृत्यु भएपछि आफन्तहरूले चिकित्सकको लापरबाही रहेको आरोप लगाउँदै अस्पतालमा होहल्ला गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बुधबार साँझ करिब ६ः३० बजेतिर लक्ष्मीपुर निवासी रवीन्द्र गिरीका तीन वर्षीय छोरा आदित्य गिरी आफ्नै घरको कौसीमा खेलिरहेका बेला सर्पले टोकेर घाइते भएका थिए । घाइते बालकलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)