सुर्खेतलाई राष्ट्रपति रनिङ शिल्डको उपाधि
ekantipur.com · Wed Feb 21 17:02:16 GMT 2024
सुर्खेत — कर्णाली प्रदेशस्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्डको छनौट प्रतियोगिताको उपाधि सुर्खेतले जितेको छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा फागुन ७ देखि ९ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा सुर्खेत जिल्लाले ४५ स्वर्णसहित उपाधि जितेको हो । जम्मा ६ खेल समावेश गरिएको प्रतियोगितामा ४५ स्वर्ण, १४ रजत, ७ कांस्यसहित सुर्खेतले उपाधि हात पारेको छ । छात्रतर्फ २० स्वर्ण ५ रजत ४ कांस्य जित्यो भने छात्रातर्फ २५ स्वर्ण ९ रजत ३ कांस्य जित्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)