जेन्जी आन्दोलन प्रतिवेदन: तत्कालिन प्रधानमन्त्री, गृहमन्त्री, रास्वपाका सांसद्हरुदेखि इन्फ्लुएन्सरसम्मलाई अनुसन्धान गर्न सिफारिस
kendrabindu.com · Thu May 28 03:40:21 GMT 2026

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गत वर्ष भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलन र प्रदर्शनसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगले उक्त आन्दोलनका क्रममा भएका घटनालाई लिएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई नयाँ कानुन बनाएर कारबाही प्रक्रिया अघि बढाउन सिफारिस गरेको हो ।
उच्च राजनीतिक नेतृत्वका अलावा आयोगले आन्दोलनमा भूमिका रहेको भन्दै विभिन्न अभियन्ता, अधिकारकर्मी, कलाकार र इन्फ्लुएन्सरहरूलाई समेत शंकाको दायरामा राखेर सूक्ष्म अनुसन्धान गर्न सुझाएको छ । प्रतिवेदनमा कलाकारहरू निश्चल बस्नेत र अमनप्रताप अधिकारीमाथि अनुसन्धान गर्न सिफारिस गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)