मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

काभाको रौनकबीच न्यु डायमण्डले मनायो राष्ट्रिय भलिबल दिवस

neplays.com · Thu May 28 03:43:15 GMT 2026

काठमाडौं। काभा महिला भलिबल च्याम्पियनसिपको रौनक चलिरहेका बेला नेपाली भलिबल क्षेत्रको चर्चित क्लब न्यु डायमण्ड स्पोर्ट्स क्लबले भने जेठ ८ लाई राष्ट्रिय भलिबल दिवसका रूपमा मनाएको छ।

नेपाल भलिबल संघ काभा महिला भलिबल च्याम्पियनसिप आयोजनामा व्यस्त रहँदा धेरैले आज राष्ट्रिय भलिबल दिवस भएकोसमेत खासै स्मरण गर्न सकेका छैनन्। तर न्यु डायमण्डले भने विगतदेखि नै यस दिनलाई विशेष रूपमा मनाउँदै आएको छ। त्यसैको निरन्तरता स्वरूप यस वर्ष पनि क्लबले आफ्ना खेलाडी तथा पदाधिकारीको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गर्दै राष्ट्रिय भलिबल दिवस मनाएको हो। कार्यक्रममा नेपाल भलिबल संघका निवर्तमान अध्यक्ष मनोरञ्जन रमण शर्मा प्रमुख अतिथिका रूपमा सहभागी थिए।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)

सम्बन्धित विषय