अन्तर्राष्ट्रिय जित कुन्डो स्ट्रिट डिफेन्स प्रतियोगितामा नेपाल टिम च्याम्पियन
neplays.com · Thu May 28 03:43:15 GMT 2026

काठमाडौं। भारतको मुम्बईमा शनिबार सम्पन्न अन्तर्राष्ट्रिय जित कुन्डो मार्सल आर्ट एसोसिएसनद्वारा आयोजित स्ट्रिट डिफेन्स प्रतियोगितामा नेपाली टोली टिम च्याम्पियन बनेको छ। पुरुष तथा महिला दुवैतर्फ उत्कृष्ट प्रदर्शन गर्दै नेपाली खेलाडीहरूले विभिन्न तौल समूहमा स्वर्ण पदक जितेका हुन्। प्रतियोगितामा सहभागी नेपाली टोलीले अनुशासित, साहसिक तथा प्रभावशाली खेल प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव उच्च बनाएको छ।
पुरुषतर्फ विजय थापाले ५० देखि ५५ केजी, अमित थापाले ५५ देखि ६० केजी, सलिल थापाले ५० केजीमुनि, शुसान्त चौधरी र विवेक थापाले ६० देखि ६५ केजी, सञ्जीव माझीले ६५ देखि ७० केजी तथा पिताम्बर मगरले ७० केजीमाथिको तौल समूहमा स्वर्ण पदक जिते।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)