नेपाल घुम्न आएका एक चिनियाँ नागरिकसँग पोखरामा किशोरीको विवाह गराइदिएको आरोपमा २ जना पक्राउ
barnanmedia.com · Wed Aug 14 21:48:57 UTC 2024

घटना साउन १३ गतेको हो । ९० दिनको भिजिट भिसामा नेपाल घुम्न आएका एक चिनियाँ नागरिकसँग पोखरामा नेपाली १४ वर्षीय किशोरीको विवाह भएको छ ।
केटाको उमेर ३१ वर्ष । केटीको १४ वर्ष । चिनियाँ नागरिकसँग अनुचित लाभ लिएर ती किशोरीको विवाह गराइदिएको आरोपमा पोखराबाट २ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा लमजुङ घर भई पोखरा १६ बस्ने २२ वर्षकी सरु विक र पोखरा २२ आर्बाकी ३४ वर्षीय भगवती अधिकारी छन् । किशोरीसँग विवाह गरेका चिनियाँ नागरिक जि मिङ चेन पनि पक्राउ परेका छन् । उनी पोखराको पारामाउन्ट गेस्ट हाउसमा बस्दै आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)