मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मन्त्रालय टुक्र्याएर लुम्बिनी सरकार विस्तार, कांग्रेसमा असन्तुष्टि

ekantipur.com · Mon Dec 25 01:20:25 GMT 2023

दाङ — लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई मन्त्री थपेर सरकार विस्तार गरेपछि कांग्रेसमा असन्तुष्टि बढेको छ । आफ्नो पक्षकालाई मन्त्री नियुक्त नगरेको भन्दै कांग्रेसको संस्थापन इतर पक्षले असन्तुष्टि जनाएको हो ।

मुख्यमन्त्री चौधरीले आइतबार प्यूठानबाट निर्वाचित कांग्रेसका प्रदेश सांसद सरोज थापा र बाँकेबाट निर्वाचित माओवादीकी कृष्णा केसीलाई मन्त्री नियुक्त गरेका हुन् । केसीलाई सहरी विकास र थापालाई उद्योग तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ । सरकारले साबिकका ग्रामीण खानेपानी तथा सहरी विकास र उद्योग, पर्यटन तथा यातायात मन्त्रालय टुक्र्याएर मन्त्रीको संख्या थपेको हो । मुख्यमन्त्री चौधरीले वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय आफैले राखेका छन् । वैशाख १४ मा मुख्यमन्त्री बनेका चौधरीले जेठमा दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका थिए । अहिले तेस्रो पटकको विस्तारमा पनि सरकारले पूर्णता भने पाएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)