किसानलाई अनुदानमा सुन्तला र कागतीका बिरुवा वितरण
gorkhapatraonline.com · Thu May 28 03:44:50 GMT 2026

आँधीखोला गाउँपालिकाले पालिकाभित्रका किसानलाई अनुदानमा सुन्तला र कागतीका बिरुवा उपलब्ध गराएको छ । “आँधीखोलाको पहिचान, सुन्तला र कागती अभियान” भन्ने मूल नाराका साथ गाउँपालिकाले ५० प्रतिशत अनुदानमा सुन्तला र कागतीका बिरुवा वितरण गरेको अध्यक्ष विश्व पौडेलले जानकारी दिनुभयो ।
पालिकाले बिजु बिरुवाका लागि ३५ रुपियाँ र कलमी बिरुवाका लागि ७५ रुपियाँमा किसानलाई उपलब्ध गराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)