दैजी–बेलडाँडी निकुञ्ज सडक : आवतजावत सहज बनाउन माग
gorkhapatraonline.com · Thu May 28 03:52:27 GMT 2026

मङ्गलबार साँझ दैजी–बेलडाँडी हुलाकी सडकखण्डमा बाघको आक्रमणबाट चार जना गम्भीर घाइते भएपछि प्रतिनिधि सभा सदस्य जनकसिंह धामीले सम्बन्धित निकायबाट उनीहरूको निःशुल्क उपचार गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
मङ्गलबार साँझ महेन्द्रनगरबाट बेलडाँडीतर्फ जाने क्रममा कालिकिचभन्दा करिब दुई किलोमिटर निकुञ्ज क्षेत्रको हुलाकी सडकमा बाघले आक्रमण गर्दा मोटरसाइकलचालक बेलौरी नगरपालिका–९, खजुवाका वीरेन्द्र ठगुन्ना, उहाँका श्रीमती कल्पना ठगुन्ना, अढाई वर्षीय छोरा रियान्स र उहाँका १४ वर्षीय भान्जी आरुसी साहु गम्भीर घाइते हुनुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)