दाउन्नेको घ्युखोलामा भारतीय बस दुर्घटना, ६ महिला घाइते
barnanmedia.com · Thu May 28 03:45:09 GMT 2026

पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका-२ घ्यूखोलामा भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा ६ जना महिला घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार विहीबार करिब ४ बजे यूपी ६२ डीटी २७८० नम्बरको बस दुर्घटना भएको हो । बसमा सवार ३५ यात्रुमध्ये ६ जना महिला घाइते भएका छन् । उनीहरूलाई बिनयी त्रिवेणी आधारभूत अस्पताल दुम्किबासमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)